काठमाडौं, १७ फागुन । नेपाली सेनाले कर्णेल महेन्द्रजंग शाह र लेफ्टिनेन्ट कर्नेल कुलदिप तिमिल्सिनालाई नियन्त्रणमा लिएको छ ।
आर्थिक अनियमितताको आरोपमा सैनिक हिरासतमा रहेका उपरथी प्रेम शाहीलाई सघाएको भन्दै शाह र तिमिल्सिनालाई नियन्त्रणमा लिइएको सेनाले जनाएको छ ।
उपरथी शाही आफ्नो कार्यकालमा विभिन्न युनिटमा रहँदा अनियमितता गरेको आरोपमा सैनिक हिरासतमा छन् । उनीविरुद्ध छानबिन गर्न सैनिक मुख्यालले उपरथी बाबुराम श्रेष्ठको नेतृत्वमा समिति बनाएको थियो ।समितिले बुझाएको प्रतिवेदनअनुसार सैनिक अदालतको प्रक्रियाअनुसार कर्णेल शाह र लेफ्टिनेन्ट कर्णेल तिमिल्सिनालाई नियन्त्रणमा लिइएको हो ।
१७ फाल्गुन २०७९, बुधबार
56
Shares
प्रतिक्रिया