२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


इन्धनको मूल्य घटेर आयो



काठमाडौं

भारतीय आयल कर्पोरेशन (आइओसी)ले ग्यासबाहेक सबै इन्धनको मूल्य घटाएर पठाएको छ।
आइओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर एक रुपैयाँ २१ पैसा र डिजेल प्रतिलिटर पाँच रुपैयाँले घटेको हो।
त्यस्तै नयाँ मूल्य सूचीअनुसार मट्टितेल प्रतिलिटर तीन रुपैयाँ ४० पैसा र हवाई इन्धन पाँच रुपैयाँले घटेर आएको छ। एलपिजी ग्यास भने प्रतिसिलिन्डर तीन सय ४९ रुपैयाँले वृद्धि भएको छ।
भारतबाट इन्धनको मूल्य घटेर आए पनि निगमले स्थानीय बजारमा भने मूल्य यथावत राख्ने भएको छ।

हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा माग र उत्पादन कटौतीले पेट्रोलियम पदार्थको मूल्य घटबढ भइरहेको छ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  १२ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।