२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चापागाँउको प्रहरी बृत्तनजिकै आठौं शताव्दीको बुद्धको मूर्ति चोरी



चापागाँउ
ललितपुरको चापागाँउमा महानगरिय प्रहरी बृत्तसँगै रहेको आठौं शताव्दीको ऐतिहासिक पुरातात्विक बुद्धको मूर्ति चोरी भएको छ ।
महानगरिय प्रहरी बृत्त चापागाँउको करिव ३ सय मिटर दुरीमा रहेको चैत्यमा राखिएको बृद्धको मूर्ति चोरी भएको हो । चापागाँउ पुरानो वसपार्कसँगै मोती पुस्तकालय आडमा रहेको मूर्ति स्तुपा भत्काएर चोरी भएको स्थानीय सुरज श्रेष्ठ बताउछन् । वसपार्कमा रातको समयमा प्रहरीको ड्युटी समेत हुने कडा सुरक्षा भएकै ठाँउमा ऐतिहासिक पुरातात्विक मूर्ति चोरी भएको हो ।
बुधबार रातको समयमा स्तुपामा रहेको बुद्धको मूर्ति चोरी भएको महानगरिय प्रहरी बृत्त चापागाँउका डिएसपि कृष्णकुमार चन्दले ललितखबरलाई जानकारी दिएका छन् । उनका अनुसार चोरीका सम्बन्धमा अनुसन्धान भइरहेको छ ।
चैत्य ईस्वी संवत् ८२७ मा स्थापना गरिएको शिलालेखमा उल्येख छ ।

 

 

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ३ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।