२४ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कान्ति लोकपथको आजदेखि बन्द, विहान बेलुका स्थानीय सवारी चल्ने




ललितपुर
१८ फागुन, हेटौंडा । कान्तिलोक पथको ललितपुरखण्ड मर्मत गर्न भन्दै आजबाट सातदोवाटो हुदै दक्षिण ललितपुरबाट हेटौडा जाने सडक बन्द गरिएको छ ।
आजदेखि आगामी चैत १० गतेसम्म सवारी साधन दुवैतर्फबाट बन्द गरिएको हो ।
ट्राफिक प्रहरीले कान्ति लोकपथ रुट हुँदै हेटौंडा काठमाडौं चल्ने सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।
आजदेखि यो रुट चल्ने सवारी साधनहरु हेटौंडाबाट काठमाडौं जान हेटौंडा भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली रूट हुँदै एकतर्फी यातायात सेवा सञ्चालन गर्ने र काठमाडौंबाट हेटौंडा आउन थानकोट चित्लाङ मार्खु कुलेखानी भीमफेदी रूट हुँदै एकतर्फी सवारी सञ्चालन हुनेछ ।
पछिल्लो समय भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली काठमाडौं र हेटौंडा भीमफेदी कुलेखानी फाखेल हुमाने फर्पिङ काठमाडौं जोड्ने सडक मर्मतका लागि दुई महिनाका लागि बन्द गरिएको छ । यी दुई सडक एकै समयमा बन्द गरिएको हुँदा हेटौडा जाने छोटो बाटोहरुमा ट्राफिक समस्या आउने निश्चित छ ।


ललितपुरतर्फ तिनपाने हुदै बगुवा खण्ड तत्काल मर्मत सम्भार गर्नु पर्ने देखिएकोले सडक बन्द गरिएको हो । यस सडकमा एस एल सुनकोशी जेभीले १६ फाल्गुनबाट कालोपत्रे सुरु गरेको छ ।
बाटो निर्माणको स्थानिय सार्वजनिक सवारीको लागि भने समय अनुसार खुल्ला गर्न सकिने कान्तिलोकपथ सडक निर्माण सुपरभाइजर माधबप्रसाद घिमिरे बतएका छन् । स्थानिय सवारीको लागि बिहान १० बजेभन्दा अगाडि र बेलुका ५ बजेपछिको समयमा सवारी पास गर्न सकिने उनको भनाई छ । दक्षिण ललितपुरबाट दूध तरकारी लगायत अत्यावश्यक उपत्यका आउने गरेका छन् ।
यहाँबाट राजधानीमा काम गर्न धेरै मोटरसाइकलहरु चल्ने गरेका छन् ।
ललितपुर खण्डमा पर्ने बगुवाबाट काल्चे, छपेली, झाँक्रीडाँडा, तिनपाने, टीकाभैरव, चापागाँउ, सातदोबाटोसम्म ३९ किलोमीटर रहेको छ । यो सडकखण्डको धेरै जसो सडक कालोपत्र भइसकेको छ । झाँक्रीडाडादेखि काल्चेसम्म कडा चट्टानको कारण काम गर्न कठीन छ । यस सडकमा हरेक १०० मिटर दुरिमा पहिरो गएको छ ।

 

 

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ४ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।