९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘छक्का पञ्जा ४’ सँग भिड्यो ‘छड्के २’, ‘छक्का पञ्जा ४’ले पायो दर्शकको साथ



काठमाडौं

२० फागुन । बहुचर्चित दुई नेपाली चलचित्रहरु ‘छक्का पञ्जा ४’ र ‘छड्के २’ एक आपसमा भिड्दै शुक्रबारदेखि प्रदर्शनमा आएका छन् ।
‘छक्का पञ्जा ४’ ले प्रदर्शनको पहिलो दिन नै चलचित्रले ९० प्रतिशतभन्दा बढी ‘अकुपेन्सी’ पाएको छ ।
यसले घरेलु बजार नेपालमा राम्रो व्यापार गर्ने सम्भावना देखाएको छ । “मैले भन्ने शब्द केही छैन, हेर्ने दर्शकले दिरहेका प्रतिक्रियाले मेहनतको सफलता पाएको आभास दिन्छ”, अभिनेता दिपकराज गिरीले भने ।
प्रदर्शन भइरहेका दुई चलचित्र फरक श्रेणीका छन् । ‘६ एकान ६’मार्फत चलचित्र निर्माणमा सक्रिय रहेका दीपकराज गिरीसहितको समूहले निर्माण गरेको चौथो शृङ्खलालाई हेमराज बिसीले निर्देशन गरेका छन् । यस अगाडि अघिल्लो तीन शृङ्खला दीपाश्री निरौलाले निर्देशन गरेकी थिइन् ।
यसमा अभिनेता गिरीसँगै केदार घिमिरे, निर्मल शर्मा, बेनिशा हमाल, मलिना जोशीलगायतको अभिनय रहेको छ । यसपटक यो शृङ्खलामा अभिनेता जीतु नेपाल भने छैनन् । यस्तै अर्को चलचित्र ‘छड्के–२’ प्रदर्शनमा आएको छ । यो ‘छड्के’ को दोस्रो शृङ्खला हो । यसमा अभिनेता अनमोल केसी फरक भूमिकामा प्रस्तुत छन् । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘ग्याङस्टर’ को कथामा निर्माण भएको छ । यसमा रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठ, रेशा आलेमगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरञ्जीवी अधिकारी र कुमार घलानलगायतका कलाकारको अभिनय रहेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ५ : २८ बजे