९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘छक्कापञ्जा ४’ले दुई दिनमै कमायो करिव ३ करोड



काठमाडौं
२० फागुन । चलचित्र ‘छक्कापञ्जा ४’ले शुक्रबार र शनिबार दुई दिनमै करिव ३ करोड हाराहारीमा ब्यापार गरेको छ ।
वितरकका अनुसार पहिलो दिन लगभग १ करोड ग्रस कलेक्सन गरेको चलचित्रले शनिबार २ करोड बराबर व्यापार गरेको छ ।
भोलि आइतबार सार्वजनिक विदा छैन । सोमबार, मंगलबार र बुधबार फागूपर्व र नारी दिवसको सरकारी बिदामा चलचित्रको व्यापार राम्रो हुने अनुमान छ ।यद्यपी व्यापार भएको सबै पैसा चलचित्र निर्माताले पाउदैनन् । त्यो पैसा हल, वितरक र प्रचारप्रसारलगायतको खर्च कटाएर मात्रै निर्माताले पैसा लिन पाउछन् । निर्माताको भागमा ४० प्रतिशतभन्दा पनि कम हुने बताइनछ ।
शनिबार देशभरका हलहरुमा शतप्रतिशत अकुपेन्सी रहेको वितरकको भनाई छ । शनिबारदेखि मल्टिप्लेक्सले आइतबारदेखि फिल्मको शोजमा वृद्धि गरेका छन् ।
शुक्रबारबाट हलहरुमा लागेको यस चलचित्रको सुरुवाती अकुपेन्सी राम्रो थिएन । पछिल्लो समय धेरै विदा समेत रहेको फाइदा चलचित्र ‘छक्कापञ्जा ४’ले उठाउने अनुमान छ ।

हेमराज बीसीले निर्देशन गरेको यस चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, रमेश बुढाथोकी, बुद्धि तामाङ, केदार घिमिरे, निर्मल शर्मा, नीर शाह, अनुराग कुवँर, राज आचार्यलगायतको अभिनय छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ३ : ५१ बजे