भक्तपुर, २१ फागुन । भक्तपुरमा प्रहरीले आफ्नै बहिनीमाथि बाल यौन दुरुपयोग गरेको आरोपमा एक युवतीलाई पक्राउ गरेको छ । २१ वर्षीय ती युवतीले आफ्नै नाबालिग बहिनीसँग आफैँ संलग्न भई यौनजन्य गतिविधि गर्ने गरेको र त्यसको भिडियो आफ्नो पुरुष साथीलाई समेत पठाउने गरेको खुलेपछि प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी कुमारप्रसाद मैनालीका अनुसार गत जेठमै इन्टरपोलबाट बाल यौन दुरुपयोग भइरहेको भन्ने सूचना प्राप्त भएको थियो । प्रहरीको इन्टरपोल शाखाले त्यसयता अनुसन्धान गरिरहेको थियो । प्रारम्भिक अनुसन्धानमा दोषी भेटिएपछि शनिबार अनुसन्धान गर्दा २१ वर्षीय ती युवतीले आफ्नै बहिनीमाथि बाल यौन दुरुपयोग गरहेको खुलेको डीएसपी मैनालीले बताए ।
प्रतिक्रिया