२४ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको नल्लु खोलामा एक पुरुष मृत अवस्थामा फेला



काठमाडौं
२१ फागुन । ललितपुरको नल्लु खोलामा एक अपरिचित पुरुष मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार कोञ्ज्योसोम गाउँपालिका ४ तल्लो नल्लुस्थित नख्खु खोलामा हाल नाम, थर, वतन नखुलेका करिब ३८ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

महानगरिय प्रहरी बृत्त चापागाँउका अनुसार मृतकको नल्लु खोलामा खुट्टा पानीमा डुबेको अवस्थामा कालो रंगको जोरर्डनको टाउजर लगाएकों, आर्यन अनुहार भएको, नाम थर वतन खुल्न नसकेको दाहिने कुईनामा ४ ईन्चको पुरानो खत रहेको र शव नजिकैबाट टिशर्ट र जुत्ता सहित शव मृत्त अवस्थामा फेला परेको जानकारी दिएको छ ।
बृतबाट अनुसन्धान टोलीले मृतक शवको घटनास्थल तथा लाश जाँच प्रकृती मुचुल्का लगायतको प्रारम्भिक काम पुरा गरेर पोष्टमार्टमको लागि शव पाटन अस्पतालमा राखिएको बताएको छ ।
उनको नाम नामथर वतन नखुलेकोले उनको बारेमा मृतकको परिवार वा प्रहरी कार्यालयमा खबर गर्न अनुरोध गरेको छ ।

घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  १२ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।