८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


दक्षिण ललितपुरका श्रष्टाले गरे पर्यटकीय स्थल बेथानचोकको साहित्यिक यात्रा



लक्ष्मण दुलाल,ललितपुर
२२ फागुन । दक्षिण ललितपुरका श्रष्टा छिमिेकी जिल्ला काभ्रे बेथानचोकको नारायणथानको साहित्यिक पदयात्रामा सहभागी भएका छन् ।
साहित्य र पर्यटनको प्रर्वद्धन लागि साहित्य यात्रामा रचना वाचन गरिएको छ । दक्षिण ललितपुरको महाकाल गाँउपालिकामा साहित्यिक गतिविधि गर्दै आएको सुनगाभा साहित्य सदनले खमहाँकाल गाउँपालिकाको सहयोग एवं बेथानचोक गाँउपालिकाको सहकार्यमा शनिवार यात्रा सम्पन्न गरेको हो ।
कार्यक्रममा गोपाल संजेल, रामेश गौतम, रत्न बिरही घिमिरे,जयराम दहाल, रमेश घिमिरे, पुनम घिमिरेलगायत श्रष्टाहरुले रचना वाचन गरेका थिए ।
३ हजार १८ मिटर उचाइमा रहेको नारायणस्थान मन्दिर परिसरमा ललितपुर र काभे्र जिल्लाका स्रष्टाहरुले रचना वाचन गरेका थिए । यात्रामा माहाँकाल गाउँपालिकाका अध्यक्ष गणेश बहादुर केसी, प्रमुख प्रशासकीय अधिकृत धिरज मरासैनी पनि सहभागी थिए भने गाँउपालिकाका वडाध्यक्षहरु रामप्रसाद घिमिरे, ज्योनी न्यासुर,मनोज पराजुली कृष्णप्रसाद तिमिल्सिना, भुमिनन्द घिमिरे, बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी , यहाँका वडाध्यक्षहरु मधुसुधन तिमल्सिना पुरुषोतम तिमल्सिना, कुबेर ढकाल र राजकुमार वाइवा सहित पालिकाका कर्मचारीहरुको समेत सहभागीता थियो ।

माहाँकाल गाउँपालिका अध्यक्ष गणेशबहादुर केसीले बनेपा हेटौँडा राजमार्ग गर्नु पर्ने धारणा राखेका थिए । बेथानचोक, माहाँकाल, वागमती र मकवानपुरको वागमती गाउँपलिका प्रमुख र उपप्रमुख सहितको टीमले सरकारको ध्यानाकर्षण गराएको बताउदै सडकको डिपीआर छिटै बनेर काम सुरु हुने र छिमेकी पालिकाहरु बिचमा सहकार्य गरेर सबै पालिकाका जनतालाई सेवा दिने बताए ।
बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले माहाँकाल पालिकासँग कृषि ,पर्यटन, यातायात शिक्षा, स्वास्थ्य, साहित्य, कला, धार्मिक सांस्कृतिक क्षेत्रको विकासमा सहकार्य गरेर नागरिकको आर्थिक विकास गर्ने बताए । उनले भने, हाम्रो पहिलो चरणमा साहित्यमार्फत सहकार्य भयो अब हामी पूर्वाधार निर्माणसहित विभिन्न योजनामा अगाडि बढ्छौं ।
सुनगाभा साहित्य सदनका अध्यक्ष रामसुन्दर केसीले सहयोग र सहकार्य लागि पालिका प्रमुखहरुलाई धन्यवाद व्यक्त गर्दै साहित्यीक महोत्सव गर्ने योजना सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  २ : ०० बजे