९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


रोकियो चलचित्र कलाकार संघको चुनाव



काठमाडौं, २४ फागुन । आगामी चैत ४ गते हुने भनिएको चलचित्र कलाकार संघको १९ औं महाधिवेशन तथा कार्यसमिति निर्वाचन रोकिएको छ ।

प्रवक्ता मोहन निरौलाका अनुसार मंगलबार बसेको कार्यसमिति बैठकले आर्थिक प्रतिवेदन र सदस्यता विवादको टुंगो नलागेसम्म महाधिवेशनमा नजाने निर्णय गरेको हो।

सदस्यहरु उत्तम केसी, रामकाजी घिमिरे र रामेश्वर बुर्लाकोटीले यी विवादबारे छानबिन गर्न माग गर्दै संघमा उजुरी दिएका थिए । विवाद चर्किएपछि अग्रज अभिनेता कृष्ण मल्लको संयोजकत्वमा छानबिन समिति पनि गठन भएको थियो ।

फागुन १२ गते बसेको समितिको बैठकले अध्यक्ष रविन्द्र खड्कालाई पत्र लेख्दै उजुरी र सूर्य चन्द तथा विजय विष्टको कार्डबारेको विवादमा स्पष्ट पार्न भनेको थियो ।

फागुन ५ गते नै सदस्य केसीले संघमा उजुरी दिएका थिए । यसबारे जानकारी लिन अध्यक्ष खड्कासँग सम्पर्क गर्ने प्रयास सफल हुन सकेन ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ९ : ०५ बजे