९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘छक्कापञ्जा ४’ आजदेखि नेपालबाहिरका ५० वटा हलमा चल्ने



काठमाडौं
२५ फागुन । नेपाली चलचित्र अन्तराष्ट्रिय बजार पाउन थालेको छ । झण्डै एक करोड नेपालीहरु कमको सिलसिलामा नेपाल बाहिर रहनु र विभिन्न देशमा नेपालीहरु स्थायी बसोबास हुनुले नेपाली चलचित्रले विश्व बजार पाउन थालेको हो ।
छक्कापञ्जा ४’ मध्यपुर्वको यूएई, कतार, ओमान र बहराइनमा नेपफिल्म्सल आजबाट चलाउने भएको हो । साउदी अरेबिया र कुबेतमा समेत प्रर्दशन गर्ने वितरकको योजना छ ।
विदेशी भूमिमा रहँदा नेपालीहरुले आफ्नो कला र संस्कृतीलाई असाध्यै मायाँ गरेर हेर्ने गर्दछन् । उनीहरुले नेपालीहरुले देखाउने कन्सर्टलगायतका कार्यक्रममा खुलेर खर्च गर्ने हुँदा चलचित्रहरु प्नि सफल हुने सम्भावना छ । मध्यपुर्बका यी देशमा करिव २० लाखभन्दा धेरै नेपाली रहेको अनुमान छ ।
वितरक कम्पनीले चलचित्रको प्रचार सुरु गरेको छ । नेपालीहरु धेरै बस्ने स्थान, क्याम्प तथा नेपालीहरुले सञ्चालन गरिएको रेस्टुरेन्ट ट्रावललगायत ठाउँमा स्थलगत पुगेर पोस्टर ब्यानर बनाएर प्रचारप्रसार भइरहेको छ । हास्य कलाकारहरु दिपकराज गिरीलगायतले निर्माण गरेको छक्का पञ्जा ४ गत फागुन १९ गते बाट हलहरुमा चलिरहेको छ । यस चलचित्रले राम्रो कमाइ गरिरहेको बताइन्छ ।

 

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  १ : ३८ बजे