९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘हल्कारा’को टिजर सार्वजनिक



२६ फागुन । चलचित्र ‘हल्कारा’ले टिजर सार्वजनिक गरेको छ ।
फिल्मले पौने दुई मिनेट लामो टिजरमार्फत कथा वैदेशिक रोजगारी सिर्जित समस्यालाई नयाँ कोणबाट वाचन गर्ने प्रयास गरेको छ ।
अमेरिकाका विभिन्न फेस्टिभलमा पुरस्कृत भएको यस चलचित्र वैशाख २९ प्रर्दशन हुँदेछ । वैदेशिक रोजगारीका समस्या वरिपरि घुमेको यस चलचित्र पछिल्लो समय नेपालीहरुले भोगिरहेको कथा व्यथा देखाउन खोजिएको छ ।
चलचित्रको टिजर छोटो रहेपछि सिनेमेट्रोग्राफी चलचित्रको कथा मार्मिक ढंगबाट पस्किरहेको छनक दिन्छ ।

अमेरिकामा बसिरहेका विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको चलचित्रमा महेश त्रिपाठी र बिनिता थापा मगरको मुख्य भूमिका छ ।
‘हल्कारा’ अमेरिकाको वल्र्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल उत्कृष्ट फिल्म घोषित भएको थियो भने यसका मुख्य अभिनेता महेशले उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए ।
यसैगरि चलचित्र हल्काराले नेपाल अमेरिका फिल्म फेस्टिभलमा ‘लङ न्यारेटिभ’ विधामा पुरस्कार पाएको थियो ।
अमेरिकामा महेश र बिनिताबाहेक, उमेश तामाङ, पशुपति राई, स्व. दीपक क्षेत्री, विद्या कार्की आदि कलाकारको अभिनय रहेको छ ।

 

 

 

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  १ : २५ बजे