४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


त्रिचन्द्र कलेजअगाडि मोटरसाइकल दुर्घटना, युवकको मृत्यु



काठमाडौं, २६ फागुन । काठमाडौं महानगरपालिका–२८ स्थित त्रिचन्द्र कलेज अगाडि बिहान मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

प्रहरीका अनुसार बा. ६५ प ५६०८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक भोजपुरको भोजपुर सदानन्द नगरपालिका–११ घर भएका २२ वर्षीय सुजल हातुहाङ राईको मृत्यु भएको हो। उनी सवार मोटरसाइकल पैदयात्रीलाई ठक्कर दिई दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ७ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।