९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘छक्कापञ्जा ४’को आक्रामक कमाइ



काठमाडौं, २६ फागुन । गत हप्ता रिजिल भएको ‘छक्कापञ्जा ४’ले पहिलो सातासम्म आइपुग्दा आक्रामक कमाइ गरेको छ । पहिलो साता आठ करोड रुपैयाँ हाराहारीमा कमाएको हो । दोस्रो शुक्रबारको कमाइ जोड्दा कलेक्सन आठ करोड माथि उक्लिने प्रक्षेपण गरिएको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका प्रमुख मनोज राठीले फिल्मले पहिलो साता उक्त कमाइ गरेको बताए ।
हेमराज बीसी निर्देशित फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, नीर शाह, अनुराग कुँवर, रमेश बुढाथोकी, बुद्धि तामाङ, केदार घिमिरे, राज आचार्य लगायतको अभिनय छ । राजनीतिक कथावस्तुमा निर्माण भएको फिल्मलाई आमा सरस्वती मुभिज र आईएमईले निर्माण गरेका हुन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ८ : ०४ बजे