२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


डुव्यो अमेरिकाको ठूलो बैंक एसभीबी, सवै शाखा बन्द




२७ फागुन । संयुक्त राज्य अमेरिकाको १६ औं ठूलो बैंक सिलिकन भ्याली बैंक (एसभीबी) डुवेको छ ।
अमेरिकी बैंकहरुको नियमन गर्ने निकायले यहाँका बचत रकम नियन्त्रणमा लिएर बैंक बन्द गराएका हुन् ।
४० बर्षअघि स्थापना भएको एसभिवि बैंकले क्रिप्टो फर्महरुलाई दिएको कर्जा र पछिल्लो समय बढेको ब्याजदर तथा क्रिप्टो मार्केटमा आएको संकटले बैंक डुबेको बताइएको छ ।
अव बैंकमा २ लाख ५० हजार डलरसम्म बचत गरेका बचतकर्ताले सझिलै फिर्ता पाउन सक्छन् । विमा गरिएको कारण २ लाख पचास हजारसम्म बचत फिर्ता हुन्छ भने अरु घाटा नाफा हेरेर मात्रै निर्णय हुन्छ ।
बैंकले दुई खर्ब ९ अर्ब अमेरिकी डलर बराबरको ऋण दिएको थियो भने बैंकमा एक खर्ब ७५ अर्ब अमेरिकी डलर बराबरको निक्षेप थियो ।
कोरोना माहामारीपछि श्रृजना भएको विश्वव्यापी आर्थिक मन्दीले अमेरिका र युरोपमा पछिल्लो समय संकट छ ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ३ : ४० बजे