२ मंसिर २०८१, आइतबार | Sun Nov 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


‘गोदावरी नगरको बार्षिकोत्सवमा नेतृत्वको आलोचना’




ललितखबर, चापागाँउ
२८ फागुन । गोदावरी नगरपालिकाको सातौं बार्षिक उत्सवमा ७ बर्षसम्म पनि गोदावरीको विकाशमा परिवर्तन नआएको भन्दै सासंदहरुले आलोचना गरेका छन् ।
गोदावरी नगरपालिकाले लक्ष्य अनुसार कर उठाउन नसकेको संघीय सासंद उदयशम्सेर राणाले बताएका छन् ।


सासंद उदयशम्सेर राणाले गोदावरी नगरपालिकाले आन्तरिक श्रोतबाट २० करोड कर उठाउनु पर्नेमा ७ करोड मात्रै उठाउन सकेको भन्दै आलोचना गरेका थिए ।
सासंद राणाले गोदावरीका जनताको विकास अपेक्षा रहे पनि नेतृत्वले पुरा गर्न नसकेको भन्दै आलोचना गरे । उनले ढोलाहिटी टाहाखेल, हरिसिद्धि टौखेल सडक र नख्खु कोरिडोर पुरा नभएकोमा उनको असन्तुष्टि थियो ।
प्रदेस सासंद मधुसुधन पौडेलले गोदावरी नगरपालिकाभित्र शिक्षा स्तरको आलोचना गरे । उनले गोदावरी नगरपालिकाभित्रका अभिभावकहरुले छोराछोरी पढाउन नसकेको भन्दै रोएको हेर्नु परेको प्रसंग उठाएका छन् ।
सामाजिक विषयलाई पनि नगरपालिकाको विकाश निर्माणसँगै उठाउनु पर्ने उनको भनाई थियो । प्रदेस सासंद मीनकृष्ण महर्जनले भने गोदावरी नगरपालिकाका मेयर काँग्रेसको र प्रदेश सासंद एमालेको भएका ट्युनिङ नमिलेको भन्दै राजनीतिक आक्षेप लगाए । उनले अव आफूहरु विजयी भएर आएको काम गर्न सजिलो हुने आश्वासन दिए ।
वागमती प्रदेस सासंद रघुनाथ महर्जनले नगरपालिकाभित्र खानेपानीको समस्या रहेको विद्युत् व्यवस्थित नभएको भन्दै आलोचना गरे ।

संसद महर्जनले नगरपालिकाले प्रकाशन गरेको स्मारिकामा हिजो भएको काम र योजनाको बारेमा उल्येख नभएको भन्दै आलोचना गरे ।
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले श्रोतको अभावमा विकाश गर्न नसकेको र कति काम गर्न सकेको नसकेको जनतामा छोड्ने बताए ।

 

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  २ : २४ बजे