ललितपुर
२८ फागुन । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले ललितपुर जिल्लाको अध्यक्षमा सरोज घोरासैनीलाई जिम्मेवारी दिएको छ ।
नेविसङ्घका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले आगामी तीन महिनाभित्र नेविसङ्घको जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि शनिबार घोरासैनीलाई जिम्मेवारी प्रदान गरेको हो । घोरासैनी गोदावरी नगरपालिकाका बासिन्दा हुन्
अध्यक्ष शेर्पाले नेविसङ्घ ललितपुरको रिक्त अध्यक्ष पदमा सङ्घको विधान २०२७ को छैटौँ संशोधन २०७५ बमोजिम तीन महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी घोरासैनीलाई अध्यक्षको जिम्मेवारी दिएका हुन् । नेविसङ्घको विधि, विधान र मर्यादाभित्र रहेर सङ्घलाई गतिशील बनाउने विश्वास सङ्घले लिएको छ ।
२८ फाल्गुन २०७९, आइतबार
42
Shares
प्रतिक्रिया