९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


कलाकारितामा सधै सफल छन् दिपकराज गिरी



ललितपुर
२८ फागुन । २०५४/५५ सालताका रेडियो नेपालमा बज्थ्यो रेडियो नाटक रामविलास र धनिकाको । दिपकराज गिरी र दिपाश्री निरौलाको मधेशी समुदायको नेपाली संवाद उति नै बेला चर्चित थियो । २०६३ सालपछि दिपक र दिपाको जोडी सानो पर्दा नेपाल टेलिभिजन तितो सत्य हास्य व्यङ्य श्रृखलाको रुपमा देखिन थाल्यो ।
एसो त ठूलो पर्दामा उत्रिएसँगै दिपक र दिपाको जोकर जोडी भनेर खिसीट्युरी पनि भयो । टिभीमा दर्शक हसाएजस्तो सझिलो ठूलो पर्दामा सजिलो नभएको चलचित्रकर्मीहरुले टिप्पणी गरे ।
तर दिपक दिपाले ठूलो पर्दामा एकपछि अर्को कमाल गर्दै गएका छन् । उनीहरुले चलचित्र बनाएर घाटा कहिल्यै खाएनन् ।
पछिल्लो समय नेपाली चलचित्र हिट फिल्महरु दिइरहेका अनमोल केसीले अभियन गरेको २.० छड्केसँग दिपक दिपाले बनाएको छक्का पञ्जा ४ जुधाएर चलाउने निर्णय भयो । धेरैले अनमोलसँग दिपकले चलचित्र जुधाएर आफ्नो करिअर नै धरापमा पारे भन्ने आकलन गरेका थिए ।
तर चलचित्र जगतमा छुट्टै धार समातेर अघि बढेका दिपकको धर्य र सहास लिएर अघि बढे । पल्ल्लिो दोश्रो साता उनको चलचित्रले १० करोडभन्दा धेरै पैसा संकलन गर्ने आकलन गरिएको छ । गएको छक्का पञ्जा ३को रेकर्डलाई ब्रेक गर्दै यस चलचित्रले २५ करोभन्दा धेरै पैसा संकलन गर्ने अनुमान सिने जगतमा गरिएको छ । चलचित्र देखाउदा उठेको पैसा मध्ये लगभग ३० प्रतिशत हातमा पर्छ ।
उनको जन्म वि.सं. २०३२ सालमा काठमाडौँको दहचोक भएको थियो । वि.सं. २०४९ मा रेडियो नाटक आमाबाट हास्यकलाकारिता सुरु गरेका दीपकले रामविलास,तितोसत्यको दिपक हुँदै अहिले छक्का पञ्जाको राजाको चरित्रमा जमेका छन् ।
उनले नेपाली चलचित्र छ एकान छ, छक्का पञ्जा, छक्का पञ्जा २, छक्का पञ्जा ३ हुँदै अहिले छक्का पञ्जा ४ सफल चलचित्र बनाएका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ५ : ३९ बजे