९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


कलाकार संघ अध्यक्षमा रेजिना उप्रेती र मोहन निरौलाको उम्मेदवारी



२८ फगुन । कलाकार संघको आगामी चैत ४ गते शनिबार हुने कार्यसमिति निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ । संघको अध्यक्ष पदमा अभिनेत्री रेजिना उप्रेती र कलाकार मोहन निरौलाले उम्मेदवारी दर्ता गरेका छन् ।
उपाध्यक्ष पदमा भने सात जना कलाकारहरु विष्णुप्रसाद रिजाल, सरिता गिरी, धनबहादुर बम्जन (डीबी), कविता गेलाल, शिवहरि नेपाल, पवनप्रसाद खतिवडा र तेजकुमारी खतिवडा ले उम्मेदवारी दिएका छन् ।
महासचिवमा पाँच जना पनाह अधिकारी,सञ्जय खतिवडा, धर्मानन्द आचार्य, सविन श्रेष्ठ, र उत्तम केसीले महासचिव पदमा उम्मेदवारी दिएका छन् । सचिवमा रामेश्वर बुर्लाकोटी र जीवन थापाको उम्मेदवारी दिएका छन् ।
कोषाध्यक्षमा विनोदकुमार भट्टराई र सुनिल कटुवालले उम्मेदवारी दिएका छन् भने सहकोषाध्यक्षमा रोहित रुम्बा र पवित्रा आचार्यले उम्मेदवारी दिएका छन् ।
सदस्य पदमा २६ जनाले उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेहरुमा उद्धवप्रसाद भट्टराई, गोपाल ढकाल, सञ्जोग राणा, गोपीलाल तामाङ, दिलकुमार दोङ, पुकार भट्टराई, दिनेश अवाल, खिन्नबहादुर भण्डारी, शीतल केसी, पवन केसी, रोशन श्रेष्ठ, पुण्यप्रसाद पाण्डे, लक्ष्मण चौलागाईं, रञ्जना खड्का, सुनिलकुमार पुरी, नम्रता खरेलले उम्मेदवारी दिएका छन् ।
साथै रामशरण जंगम, रामकुमार कार्की, राजेश गोसाईं, सरिता राजोपाध्याय, नीतु कोइराला गौतम, ईश्वरबल्लभ उप्रेती, भीमसेन बजगाईं, समीर लामा तामाङ, निर्मल स्याङतान, बबिता ढकालले उम्मेदवारी दिएका छन् ।
संघमा आर्थिक र सदस्यताको विवाद छ ।

 

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ६ : ०७ बजे