९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘मिस ब्युटीफुल नेपाल २०२३’ काे प्रतिस्पर्धामा मोडल आर्जु



काठमाडौं, २८ फागुन । ‘मिस ब्युटीफुल नेपाल २०२३’ को अन्तिम ११ को प्रतिस्पर्धामा रहेकी मोडल आर्जु खड्काले आफूलाई भोट गर्न आग्रह गरेकी छन् ।

छोटो समयमा निकै चर्चामा रहेकी मोडेल आर्जुले थुप्रै ब्यूटी पेजेन्टहरुमा भाग लिएर सफलता समेत हात पारेकी छन् । यस्तै उनले विभिन्न गीतहरुमा समेत मोडेलिङ गर्दै आएकी छिन् । दक्ष इन्टरनेशनलले आयोजना गरेको “मिस ब्युटीफुल नेपाल २०२३” काठमाडौंको होटल रानी महलमा सञ्चालन भइरहेको छ ।

मिस ब्युटीफुल नेपाल २०२३ को ताज पहिरिन संघर्ष गरिरहेकी खड्काले अन्य १० जनासँग भिडनुपर्नेछ । त्यसका लागि अहिले भोटिङ खुला भइ सकेको छ । आर्जुलाई भोट गर्नका लागि ग्लोबल अनलाइन पे लग इन गर्नुपर्नेछ । त्यहाँ तपाईले प्रतियोगी १० मा भोट गर्नुपर्नेछ । प्रतियोगिताको फिनाले चैत ४ गते जमलस्थित राष्ट्रिय नाचघरमा हुनेछ ।

 

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ९ : ०० बजे