२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चैत २९ गतेदेखि गोदावरी महोत्सव हुँदै



ललितपुर, २८ फागुन । ललितपुरको गोदावरी नगरपालिकामा प्रथम गोदावरी महोत्सव आयोजना हुने भएको छ। गोदावरी नगरपालिकाको संरक्षकत्व तथा गोदावरी उद्योग वाणिज्य संघको आयोजना र ईभेन्ट सोलुसन प्रा.लि.को व्यवस्थापनमा आगामी चैत २९ गते देखि २०८० वैशाख ३ गतेसम्म ५ दिने गोदावरी महोत्सव २०२३ आयोजना हुन लागेको हो।

नेपाली नयाँ वर्ष २०८० र गोदावरी नगरपालिका स्थापना दिवसको अवसरमा ‘आर्थिक समृद्धिका लागि संस्कृति’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सवले गोदावरी नगरपालिकामा रहेका स्थानीय वस्तु, कला, संस्कृति, नवप्रवर्तक, विद्यमान एवं नव उद्यमीहरुलाई बजारीकरणका साथै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास लिइएको छ।

महोत्सवको मुख्य आकषर्णको रुपमा संस्थागत खरिदकर्ता र उत्पादकबीच भेटघाट, लगानीकर्ता र उद्यमीबीच छलफल, स्थानीय उत्सव, खेल उत्सव, साहित्य उत्सव, गोदावरी कन्क्लेभ रहनेछन्।

बायर सेलर मिटमा देशका मुख्य खरिदकर्ताहरु तथा महोत्सवस्थलमा रहेका स्थानीय उत्पादनकर्तासँग भेटघाट गरी स्थानीय उत्पादनको खरिद र दीगो व्यापारका लागि संयुक्त समझदारीपत्र (एमओयु) समेत गरिने वातावरण निर्माण गरिनेछ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  १ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।