११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं महानगरका बालेन लण्डन भ्रमणमा



 

काठमाडौ
२९ फागुन  । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) ‘पार्टनरसिप फर हेल्दी सिटी समिट’मा भाग लिन आज लण्डन जाँदैछन् ।
फागुन ३० देखि ३ दिन लण्डनमा हुने ‘पार्टनरसिप फर हेल्दी सिटी समिट’मा सहभागी हुन मेयर सहित ४ सदस्यीय टोली आज साँझत्यसतर्फ जान लागेका हो ।
टोलीमा बालेनको प्रमुख स्वकीय सचिव भुपदेव शाह, २४ नम्बर वडाध्यक्ष विनोद भण्डारी र महानगरका जनस्वास्थ्य सल्लाहकार डा.जगदीशप्रसाद जैसवाल रहेको बालेनको सचिवालयले जानकारी दिएको छ ।
बालेनले काठमाडौं महानगरको निमित्त प्रमुखको जिम्मेवारी उपप्रमुख सुनिता डङ्गोललाई दिएका छ्न् । यो उनको काठमाडौं महानगरको तर्फबाट हुन लागेको औपचारिक भ्रमण हो । केही समयअघि उनी पारिवारिक भ्रमणका लागि इण्डेनोसिया गएका थिए ।

 

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ४ : ३१ बजे