११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


सामुहिक गुफालाई निरन्तरता दिदै ताम्रकार समाज, संस्कृती र परम्पराको जर्गेना



२९ फागुन । आफ्नी नौ बर्षीया छोरीलाई आफुबाट चार चारदिन अलग राख्नुपर्दा भक्तपुरकी निजिना कायष्ठ ताम्रकारलाई कम्ती छट्पटी भएका होइनन् ।
पेशाले चिकित्सक उनी नेपालमा बालिकाहरुलाई चाहिने अनिवार्य बिधी व्यवहार बा¥ह्रा (गुफा) राख्नका लागि ताम्रकार समाजको जिम्मामा छोरीलाई छाडेर गएकी थिई । उता छोरी इप्सा कायष्ठ भने यस अवधिभर औधी खुसी थिई । उनलाई आमा साथमा नभएको फिटिक्कै अनुभूति थिएन, किनभने उनकै उमेरका थप २३ जना केटी साथीहरुसँगै बस्ने, खेल्ने, खानेका साथै विभिन्न नयाँनौलो कुराहरु सिक्न पाइरहेकी थिई ।
आफू पनि कामको सिलसिलामा बाहिर बाहिर रहनुपर्ने भएकोले छोरीको लागि चाहिने अनिवार्य विधीव्यवहार घरमै गर्न सम्भबै नभएको डा. निजिना बताउँछिन् । यस्ता विधी व्यवहारलाई सामुहिक रुपमै गरिदिएकोमा ताम्रकार समाज प्रति कृतज्ञ छिन् उनी ।
ताम्रकार समाजको व्यवहार व्यवस्था उपसमितिबाट पाँचौं पटकको सामुहिक बाह्रामा कुल २४ जवान कन्याहरुको सहभागिता रहेको छ । समाजका निवर्तमान अध्यक्ष रविन्द«राज ताम्रकारको भनाईलाई मान्ने हो भने समाजबाट गरिदैँ आइरहेको विभिन्न कार्यहरु मध्ये पनि आत्मसन्तुष्टी दिने खालको कार्य हो यो ।
नेपाली परम्परा अनुसार बालिकाहरुको शारिरीक स्थितिको विकासको लागि अपरिहार्य बिधीलाई ताम्रकार समाजले सामुहिक रुपमा गर्दै आइरहेको उनले बताएका छन् । समाजका अध्यक्ष बिनोद ताम्रकारले समाजले सदैव नेपाली परम्परा, संस्कृति, संस्कार, बिधीव्यवहार, सम्पदाहरुको संरक्षण, सम्वद्र्धनका लागि काम गर्दै आइरहेको बताए । उनले परम्परागत बा¥ह्रा (गुफा) विधी व्यक्तिगत रुपमा गर्दा सा¥है खर्चिलो हुनाका साथै विभिन्न कठिनाईहरु आउने भएर पनि सामुहिक रुपमा गर्दै आइरहेको बताए ।
उपसमितिका संयोजक मनोज ताम्रकारले समाजबाट नियमित रुपमा सामुहिक बेलविवाह, ब्रतबन्ध जस्तै बा¥ह्रा (गुफा) पनि विगत केही बर्षदेखि गर्दै आइरहेको बताए । उनले नेवारी परम्परा अनुसार २४ कन्याहरुलाई एउटै कोठामा राखेर बा¥ह्रा (गुफा)को आवश्यकता, महत्वका बारेमा तथा शारिरीक विकासका विविध पक्षहरुका बारेमा ज्ञान दिइने गरेको बताए ।
सो अवधिभर सहभागी कन्याहरुलाई विभिन्न श्रोत व्यक्तिहरुको माध्यमबाट व्यक्तित्व विकास, उत्प्रेरणा, सकारात्मक सोच, शारिरीक विकास, यौन दुव्र्यवहार, साइवर अपराध, स्वास्थ्य, कला, संस्कृति, सम्पदा, योगा लगायतका क्रियाकलापहरु गराउँदै आइरहेको थियो । यसका साथै सहभागीहरुलाई प्रत्येकदिन चित्रकला तथा नृत्यकलाको प्रशिक्षण पनि दिइएको थियो ।
सो सामुहिक बा¥ह्रा (गुफा) को अवलोकन गर्न तथा सहभागी कन्याहरुको मनोवल बढाउन आउनु भएका ललितपुर महानगरपालिकाका उपमेयर मंजली शाक्य बज्राचार्यले समाजको उक्त कार्यको उच्च प्रशंसा गर्दै अन्य समाजहरुले पनि यस्ता कार्यहरुको अनुसरण गर्नुपर्ने बताइन् । यसका साथै ताम्रकार समाजबाट हालै आयोजना गरिएको सामुहिक ब्रतबन्धमा पनि २० जवान वटुकहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ३ : १५ बजे