ललितखबर, चापागाँउ
। समाजसेवी जगमोहन कायस्थ वामीको निधन भएको छ । उनको चापागाँउस्थित निवासमा आज विहान उनको निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
शयन कक्षबाट विहान ४ बजे उठेर नित्य भजनमा जाने कायस्थ आज अबेरसम्म पनि नउठेपछि मृत अवस्थामा फेला परेका हुन् ।
उनी चन्द्र भैरव भजन मण्डलको संरक्षक थिए । चापागाँउ क्षेत्रमा माधव नारायणको भजन यात्रा सुचारु गर्न कायस्थको विषेश योगदान रहेको कलाकार अजय देशारले ललितखबरलाई बताए । चापागाँउ शिक्षा क्षेत्रमा पनि कायस्थले योगदान दिएका थिए । बज्रवाराही उच्च माध्यामिक विद्यालयमा विज्ञान संकाय स्थापना गरेर दक्षिण ललितपुरको शैक्षिक क्षेत्रमा उनले विषेश योगदान थियो ।
कायस्थ गायनमा समेत विशेष दख्खल राख्थे । उनको स्वरमा केही भजनहरु स्वरबद्ध छन् । उनका केही साहित्यिक रचना समेत छन् ।
गतबर्ष जगमोहन कायस्थ साँझ समेत सम्पन्न गरिएको थियो ।
प्रतिक्रिया