ललित खबर
३० फागुन । विभिन्न रोजगारमुलक शिपका लागि गाँउपालिकाले बजेट विनियोजन गरेको त देखिएकै हो । तर लक्षिण ललितपुरको महाँकाल गाँउपालिका वडा नं. ४ ले सिपमुलक बजेट खर्च गर्नु पर्नेमा महिलाहरुलाई स्कूटर सिकाउन बजेट राखेको पाइएको छ ।
महाँकाल गाँउपालिका ४ कालेश्वरले महिलाहरुलाई स्कुटर सिकाउन १ लाख रुपैयाँ बजेट छुट्याएको छ । वडाध्यक्ष कष्णप्रसाल तिमल्सिनाले अघिल्ला बर्षहरुमा सिलाई बुनाई, सल बुन्नेलगायतका तालिम दिएको तर व्यावहारिक उपभोगी नभएको पाइएपछि स्कुटर सिकाउन लागिएको ललितखबरलाई बताए । उनका अनुसार गाँउ र टोलटोलमा बाटो भएकोले सिप सिक्दा उपयोगी हुने र महिलाहरु लाभान्वित हुने उनको भनाई छ ।
गाँउपालिकाले कालेश्वरको मनडाँडामा महिलाहरुलाई स्कूटर सिकाउदैछ । यस ठाँउमा स्कुटर तालिम दिने मापदण्डको ड्राइभिङ सेन्टर भने छैन । वडाध्यक्ष तिमल्सिनाले भने, ‘लाइसेन्स निकाल्न सजिलो होस भनेर हामीले तालिम दिन लागेका हौं ।’
वडा कार्यालयमा तालिम लिएका महिलाहरुले लाइसेन्स निकाल्न मापदण्ड पुरा गरेका ड्राइभिङ सेन्टरमा फेरि तालिम लिनु पर्ने वडाध्यक्ष तिमल्सिना बताउछन् ।
तालिमका लागि वडाकार्यालयले स्कुटर र पेट्रोल उपलव्ध गराउने, चाटपटक लागेमा जिम्मेवारी नलिने शर्तसहितको सूचना प्रकाशित गरेको छ । पहाडको टुप्पामा स्कूटर सिकाउदा नजान्ने महिलाहरुले लडाउने र दुर्घटना हुनसक्ने स्थानीयहरुको भनाई छ ।
१८ बर्षदेखि ५० वर्षसम्मका महिलाले तालिमका लागि आवेदन दिन सक्ने र अभिभावकसमेत उपस्थित हुनु पर्ने वडाकार्यालयले जानकारी दिएको छ ।
३० फाल्गुन २०७९, मंगलबार
72
Shares
प्रतिक्रिया