९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र‘ज्याकीः आई एम ट्वान्टीको फस्टलुक सार्वजनिक



३० फागुन । चलचित्र‘ज्याकीः आई एम ट्वान्टी वान’की मुख्य नायिका जसिता गुरुङको फस्टलुक सार्वजनिक भएको छ ।
यसअघि सार्वजनिक ३ वटा प्रचार सामाग्रीमा नायक धिरज मगरको मात्र गेटअप सार्वजनिक गरिएको थियो । यही बैशाख २१ गतेबाट रिलिज हुन लागेको चलचित्रमा अरुण क्षेत्री, प्रेम सुब्बा लगायतका कलाकारको पनि मुख्य भूमिका छ । जसिता गुरुङलाई पनि डान्सरको अवतारमा देख्न सकिन्छ ।
आइकोर फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्र रेनशा राई रानाको निर्देशनमा तयार भएको फिल्मकी मुख्य नायिका जसिता गुरुङको फरक अवतारसहितको फस्टलुक सार्वजनिक गरिएको हो ।
प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराको निर्माणमा तयार भएको यो चलचित्रमा जसिताको ‘रुबी’ पात्रको भूमिका छ ।
चलचित्रमा रेनशा राई रानाको कथा र पटकथा, रोहित शाक्य, स्वप्न सुनिल र कालिप्रसाद बाँस्कोटाको संगीत, सुशन प्रजापतिको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ ।

 

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ७ : ०७ बजे