९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


बिन्दवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीे धरौटीमा रिहा



१ चैत्र । विभिन्न कलाकारहरूमाथि चरित्र हत्या गरेको आरोपमा पक्राउ परेका बिन्दवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएपछि जेलमुक्त भएका छन् ।
अदालतले गत साता उक्त आदेश दिएपछि रेग्मी छुटेका हुन् ।
सरकारी अनुसन्धान सकेर सरकारी वकिल कार्यालय फागुन १९ गते काठमाडौं जिल्ला अदालतमा रेग्मीविरूद्ध मुद्दा दर्ता गरेको थियो ।
चरित्र हत्याको असिभोग लगाउदै रेग्मीविरूद्ध महेश आचार्य, प्रमोद खरेल, सत्यराज आचार्य र लक्ष्मण बिडारीले उजुरी दिएका थिए । उनीहरुले निवेदनसँगै चरित्र हत्या गरेको प्रमाणस्वरुप स्क्रिनसटहरू पेस गरेका थिए । उनलाई पिडितहरुले एक लाख रूपैयाँ जरिवाना वा पाँच वर्षसम्म कैद वा दुबै सजाय गर्न माग गरेका छन् । उनीविरुद्ध अनुसन्धान भइरहेको छ । अदालतले अन्तिम फैसला भने गरेको छैन ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  २ : ०४ बजे