९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


कलाकार संघको उम्मेदवारी घोषणा गर्दै अभिनेत्री रेजिना



ललित खबर
१ चैत्र । कलाकार संघको अध्यक्षमा अभिनेत्री रेजिना उप्रेतीले उम्मेदवारी घोषणा गर्ने भएकी छिन् । आज बुधबार सिंहदरवार बग्गी खानामा रहेको एक पार्टी प्यालेसबाट उप्रेतीले उम्मेदवारी घोषणा गर्न लागेकी छिन् ।
उप्रेतीले आफूलगायत प्यानल घोषणा गर्ने कार्यक्रम राखेकी हुन् । आउदो चैत्र ४ गते हुने कलाकार संघको साधारणसभामार्फत नयाँ नेतृत्व निर्वाचित हुने कार्यक्रम छ ।
कलाकार मोहन निरौलाले यसअघि नै आफू उम्मेदवारी दिने घोषणा गरेका छन् । अभिनेत्री हाल रहेको कार्यसमितीमा वरिष्ठ उपाध्यक्ष रहेकी छिन् ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ४ : ०९ बजे