९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘प्रेमा’को वियोगान्त गीत ‘फूल यो चुँडेर’ सार्वजनिक



काठमाडौं, १ चैत । चलचित्र ‘प्रेमा’को वियोगान्त गीत ‘फूल यो चुँडेर’ सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गीत मर्मस्पर्शी लाग्छ । गीतमा एसडी योगीको स्वर, सविन एकतारेको शब्द र सुशान्त गौतमको संगीत छ ।
गीतमा चलचित्रका शीर्ष कलाकारहरु सृष्टि श्रेष्ठ, अरुण क्षेत्री र शुभेच्छा खड्का फिचर्ड छन् । त्रिकोणात्मक प्रेमको पीडालाई गीतमा दर्शाइएको छ । गीतमा अरुणले गायन रियालिटी शो ‘सुर सितारा’मा यो गीत गाएर प्रेम पीडा व्यक्त गरेको देखाइएको छ ।

काठमाडौं, धनगढी र कर्णालीमा छायांकन गरिएको फिल्ममा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सविन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेलको समेत अभिनय छ ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  २ : ५६ बजे