९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पैँतिस देशका ९५ चलचित्र



१ चैत्र । काठमाडौँमा हुने नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को छैटौँ संस्करणमा ३५ देशबाट ९५ चलचित्र सहभागी हुनेछन् । ‘विश्वभरका कथाको उत्सव’ नारासहित महोत्सव चैत २ गतेदेखि ६ गतेसम्म चल्ने महोत्सवका अध्यक्ष केपी पाठकले काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
“महोत्सवका चलचित्रलाई क्युएफएक्स चेनअन्तर्गतका चार हलमा देखाउँदैछौँ । यस्तै अन्तक्र्रिया र छलफलसम्बन्धी कार्यक्रम पर्यटन बोर्डको प्रेक्षालयमा हुनेछ”, अध्यक्ष पाठकले भने, “रचनात्मक कार्यक्रमलाई विशेष महत्व दिँदै चलचित्र क्षेत्र र सम्बन्धित विधाका विज्ञले अन्तक्र्रिया गर्दैछन् ।” महोत्सवमा सात विधामा १४ पुरस्कार वितरण हुने जनाइएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्र प्रतिस्पर्धामा छन् ।
चिनियाँ फिल्म एकेडेमीकी प्राध्यापक ली रानले ‘चिनियाँ फिल्मको भाष्य, बुझाइ र विश्वकै ठूलो फिल्म बजार’ विषयमा र भारतीय निर्देशक प्रेमेन्द्र मजुमदारले घरेलु चलचित्र विषयमा मास्टरक्लास दिनेसमेत अध्यक्ष पाठकले जानकारी दिए ।

यस्तै निफमा प्राध्यापक इटामी बोर्जनको मास्टरक्लास, भूराजनीतिमा चलचित्रको भूमिका, नेपाली दर्शकको विकासक्रम, चलचित्र नीति ः नीति मात्रै कि व्यवहार पनि, चलचित्र कास्टिङ ः महत्व र अभ्यास, हास्यव्यङ्ग्यले हौसिएको नेपाली चलचित्र र आमा नायिका ः जिम्मेवारी र करिअरजस्ता विषयमा अन्तक्र्रिया तथा छलफल चलाइनेछ ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ३ : २१ बजे