११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरको कटुञ्जे र मध्यपुर ठिमीमा चोरी



२ चैत्र । भक्तपुरको कटुञ्जे र मध्यपुर ठिमीमा छुट्टा छुट्टै घटनामा चोरी भएको छ ।
प्रहरीका अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका ५ कटुन्जे गुमान्जु बस्ने बिमला खत्रीको घरबाट करिब २ लाख १४ हजार रुपैयाँ बराबरको सुनका विभिन्न गहना चोरी भएको छ भने खत्रीकै घरमा डेरा गरी बस्ने ओखलढुंगा घर भएकी ३९ वर्षीया रिता काफ्लेको कोठाबाट नगद १० हजार रुपैयाँ र सुनका विभिन्न गहना गरी करिब २ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको धनमाल मंगलबार राति चोरी भएको छ ।
साथै भक्तपुरकै मध्यपुर ठिमी नगरपालिका७ नगदेश बस्ने बबिता थापाको घरबाट करिब साढे २ तोलाको सुनको सिक्री २ थान, साढे १ तोलाको बेरुवा औंठी २ थान र नगद ४ लाख समेत गरी जम्मा ८ लाख रुपैयाँ बराबरको धनमाल गएराति चोरी भएको छ ।
प्रहरीले चोरीका घटनाहरुमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी सँगै अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  १ : २७ बजे