ललितपुर, चैत २ गते । ललितपुर महानगरपालिकाले स्काई लिफ्टिङ ल्याएको छ । महानगरले बिरुवाको हाँगा काट्न (ट्रिमिङ गर्न), स्मार्ट सडक बत्ती सरसफाई गर्न र नयाँ जडान गर्न, अव्यवस्थित तार काट्न, होडिङ बोर्ड निकाल्न स्काई लिफ्टिङको प्रयोग हुने बताएको छ ।
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले स्काई लिफ्टिङ बहुउपयोगी भएको बताए ।
प्रमुख महर्जनले सजिलो र सुरक्षित ढङ्गबाट काम सम्पन्न गर्न यो साधन निकै उपयोगी हुने दाबी गरे ।
महानगरले यसअघि बिरुवालाई नुहाइदिन विशेष किसिमको पानी ट्याङ्कर खरिद गरेको थियो । उक्त ट्याङ्करले बिरुवामा पानी हाल्दा धुलाम्य बिरुवा सफा देखिन्छ ।
महानगरले यो ट्याङ्करबाट बिरुवामा पानी हिउँद महिनामा हाल्ने गर्छ । हिउँदमा आकाशबाट पानी नपर्दा धुलाम्य भएका बिरुवा यो ट्याङ्करबाट पानी हाल्दा सुकिला र चिल्ला देखिन्छन् ।
प्रतिक्रिया