९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


कलाकार संघमा रेजिना र मोहनबीच टक्कर, को बलियो ?



ललितखबर, काठमाडौं
३ चैत्र । राजधानीमा बुधबार र विहीबार कलाकारहरुको विशेष जमघट रह्यो । आसन्न १९ औं अधिवेशनले नयाँ नेतृत्व चुन्ने कार्यदिशा रहेकोले कलाकारहरु नयाँ नेतृत्वको वहसमा सामेल भएका हुन् ।
रेजिना उप्रेतीले प्यानल नै बनाएर निर्वाचनमा उत्रेपछि कलाकार मोहन निरौला पनि कसिएर निर्वाचनमा होमिएका छन् । उनले पनि विहीबार प्यानल सहित अध्यक्षमा दाबी गरे ।
घोषणा कार्यक्रममा भने, ‘रेजिनाले प्यानल बनाएर प्रतिश्पर्धामा उत्रेपछि मैले पनि प्यानल बनाएर निर्वाचनमा उत्रनु प¥यो ।’
दुवै घोषणासभा चलचित्र क्षेत्रका हस्तीहरुको उपस्थिती थियो । अभिनेत्री रेजिकाको घोषणासभामा पुगेका केही कलाकार कलाकार मोहन निरौलाको घोषणा सभामा पनि पुगेका थिए ।
रेजिनाको कार्यक्रममा बोलेर समर्थन गरेका द्वन्द्व निर्देशक राजेन्द्र खडेगीले मोहन निरौलाले चलचित्र विकाश बोर्डमा हुनु पर्ने भन्दै भाषण गरेर निस्किएका थिए ।
रेजिनाको उम्मेदवारी घोषणा कार्यक्रमको मञ्चमा निर्देशक नारायण पुरी, द्वन्द्व निर्देशक राजेन्द्र खड्गी,अभिनेता रमेश उप्रेती,निर्देशक शोभित बस्नेतहरु देखिएका थिए । उता मोहन निरौलाको कार्यक्रममा मञ्चमा बस्नेहरु बसुन्धरा भुसाल, लक्ष्मी गिरी,अभिनेता शिव श्रेष्ठ र बर्तमान अध्यक्ष रविन्द्र खड्कालगायत देखिएका थिए ।
मोहन निरौलाको प्यानलबाट उपाध्यक्षमा धनबहादुर बम्जन (डीबी) र कविता गेलाल छन् भने महासचिवको उम्मेदवार सविन श्रेष्ठ छन् । श्रेष्ठ अध्यक्ष पदको दावी गरे पनि महासचिवमा चित्त बुझाएर उम्मेदवारी दिन लागेका हुन् । निरौला प्यानलको सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्षमा सुनिल कटुवाल छिन् । सह–कोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भइसकेकी छिन् ।
निरौलाको प्यानलबाट सदस्यहरुमा उद्धवप्रसाद भट्टराई, गोपाल ढकाल, शीतल केसी, पवन केसी, रोशन श्रेष्ठ, पुण्यप्रसाद पाण्डे, पुकार भट्टराई, नम्रता खरेल, रामशरण जंगम, बबिता ढकाल, सुनिलकुमार पुरी, गोपीलाल तामाङ, निर्मल स्याङ्तान र समीर लामा उम्मेदवार छन् ।
अभिनेत्री रेजिना उप्रेतीको उपाध्यक्षमा शिबहरी नेपाल बैरागी, सरिता गिरी, महासचिवमा पनाह अधिकारी, सचिवमा जीवन थापा, कोषाध्यक्षमा बिनोद कुमार भट्टराई सदस्यमा रञ्जना खड्का खुस्बु, खिन्न भण्डारी भोला, निर्मल स्याङताङ, लक्ष्मण चौलागाई, इश्वर बल्लभ उप्रेती, दिल ब दोङ, रामकुमार कार्की, राजेश गोसाई, नितु कोइराला, भिमसेन बजगाई र दिनेश अवाल छन् ।
बुधबार उम्मेदवारी घोषणा कार्यक्रममा रेजिनाका पक्षमा कलाकारहरु खुलेर आएपछि चलचित्र कलाकारहरु मोहनको पक्षमा पनि खुलेको देख्न सकिन्थ्यो । निर्वाचनको माहौल अन्तिम क्षणसम्म पनि बदलिने नेपाली समाजमा अध्यक्ष पद कसले पोल्टामा पार्छ यसै भन्न सकिने अवस्था भने छैन ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  २ : २१ बजे