२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


एकै दिन २ हजार ९०० रुपैयाँले बढ्यो सुन



काठमाडौं, ५ चैत । पहेँलो धातु (सुन)को मूल्य हाल सम्मकै उच्च विन्दुमा पुगेको छ। कारोबारको पहिलो दिन आज (आइतबार) तोलामा २ हजार ९०० रुपैयाँ बढेर सुन हालसम्मकै महङ्गो भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ।
नेपाली बजारमा सुनको मूल्यले यसअघि माघ १९ गते सर्वाधिक उच्च अंकको रेकर्ड राखेको थियो। माघ १९ गते छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँ कायम भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढेकाले त्यसको असर नेपाली बजारमा देखिएको सुनचाँदी व्यवसायी संघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतिऔंस ३.४७ प्रतिशतले बढेको थियो।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ७ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।