काठमाडौं । सरकारले प्रहरीका ५ जना डीआईजीलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिको सिफारिसलाई सदर गरेको हो।
गृह सचिव नेतृत्वको बढुवा समितिले फागुन २६ मा पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो।
सिफारिसअनुसार डीआईजीहरू बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गरेको हो।
प्रतिक्रिया