९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेता प्रदीप खड्का निफमा उत्कृष्ट



७ चैत्र । अभिनेता प्रदीप खड्का उत्कृष्टले अभिनेताको अवार्ड जितेका छन् । खड्काले नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को छैटौं संस्करणमा चलचित्र ‘प्रकाश’बाट उत्कृष्ट अभिनेता घोषित भएका हुन् ।
चलचित्र प्रकाशबाटै उत्कृष्ट अभिनेत्रीको पुरस्कार दीया मास्केले पाएकी छिन् ।
‘ऐना झ्यालको पुतली’ले उत्कृष्ट फिचर चलचित्र,यसै चलचित्रबाटसुजित विडारी उत्कृष्ट निर्देशक, जुरी अवार्ड यसै चलचित्रबाट दिनेश खत्रीले प्राप्त गरेका छन् ।
ग्त चैत्र २ गतेबाट सोमबार चैत्र ६ गतेसम्म चलेको महोत्सवमा ३५ देशका ९५ चलचित्रहरु सहभागी थिए ।
देश मल्टीप्लेक्स चेन क्यूएफएक्सका विभिन्न हलमा चलचित्र प्रदर्शन गरिएको थियो । पर्यटन बोर्डको सभाहलमा विभिन्न चलचित्रसम्बन्धि अन्र्तक्रिया आयोजना गरिएको थियो ।

 

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  १ : ३२ बजे