८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


नेवारी र तामाङ भाषा सरकारी कामकाजमा प्रयोगका लागि ऐन ल्याइदै



७ चैत्र । नेवारी र तामाङ भाषाको बाहुल्य रहेको बागमती प्रदेशमा नेपालीसँगै सरकारी कामकाजको भाषाका रूपमा नेवारी र तामाङ भाषा प्रयोगका लागि कार्यान्वयन गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको उपस्थितिमा तामाङ र नेवारी भाषा कार्यान्वयन समितिको सम्पन्न बैठकले नेवारी र तामाङ भाषा कार्यावन्यनको प्रक्रिया अगाडि बढाएको हो ।
बैठकले तामाङ र नेवारी भाषा कार्यावन्यनका लागि एक महिनाभित्र ऐन ल्याउने र त्यसपछि कार्यान्वयन गर्ने भएको जनाएको छ । धेरै सङ्ख्यामा तामाङ र नेवार समुदायको बसोबास रहेको बागमती प्रदेशमा आमनागरिकलाई थप सहज वातावरण बनाउनका लागि सो भाषासम्बन्धी ऐन ल्याउन लागिएको मुख्यमन्त्री कट्टेलले जानकारी दिएका छन् ।
भाषा कार्यान्वयन समितिका अध्यक्ष तथा बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले एक महिनाभित्र भाषा कार्यान्वयन प्रक्रिया पूरा गर्नका लागि वैशाखभित्र संसद्मा पेश गरिने बताए ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  २ : १९ बजे