२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


टुँडिखेलमा घोडेजात्रा(तस्विरहरु)



काठमाडौं, ७ चैत । नेपाली सेनाले औपचारिक कार्यक्रम गरेर यस वर्षको घोडेजात्रा मनाएको छ । अघिल्ला वर्षहरुमाझैँ यस वर्ष पनि नेपाली सेनाले काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा औपचारिक कार्यक्रमकाबीच घोडेजात्रा मनाएको हो ।

घोडेजात्रा समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाल सरकारका मन्त्रिहरु, कर्मचारी प्रशासनका पदाधिकारीहरु, विभिन्न सुरक्षा निकायका प्रमुखहरु लगायत राज्यका विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । समारोहमा नेपाली सेनाले विभिन्न खेल तथा कला, कौशलहरु प्रस्तुत गरेको थियो । साथै समारोहमा नृत्यसमेत प्रस्तुत गरिएको थियो ।

सबै तस्बिरः रासस

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  १ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।