२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मोटरसाइकलको ठक्करबाट नयाँठिमीका नबिन कुमार कटुवालको मृत्यु



भक्तपुर, ७ चैत । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–४ नयाँठिमीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। प्रदेश ३–०२–००७ प ४२६० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ओखलढुङ्गा माङ्खा घर भई हाल भक्तपुर नयाँठिमी बस्ने ३६ वर्षीय नबिन कुमार कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ। सोमबार राति भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमी हुँदै ट्रमा सेन्टरमा थप उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो।
मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  २ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।