२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


वैदेशिक रोजगारीमा जाने श्रमिक सामाजिक सुरक्षामा आबद्धता हुन पाउने



काठमाडौं, ८ चैत । वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई बुधबारबाट योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्धता हुनका लागि बाटो खुलेको छ ।

पेन्सनसहितको सुविधा पाउने गरी सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गराउन सुरु गरे पछि आबद्धताको बाटो खुलेको हो ।

आज आयोजित एक बिशेष कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीका क्रममा इजरायलमा रहेकी मन्जु थपलियाका श्रीमान् गोपाल संग्रौलालाई सामाजिक सुरक्षाको परिचयपत्र दिएर वाटो खुल्ला गरेका हुन ।

प्रधानमन्त्रीले परिचयपत्र बितरण गरेसँगै अब विदेशमा रहेका नेपाली कामदारले सामाजिक सुरक्षा कोषमा आबद्ध हुनको लागि आवेदन दिन पाउने बाटो खुल्ला भएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ८ : २९ बजे