२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


चन्द्रागिरिमा ट्रकमा ठोक्किँदा स्कुटर चालकको मृत्यु



काठमाडौं, ८ चैत । काठमाडौंमा ट्रकमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ। गएराति चन्द्रागिरि नगरपालिका–११ फ्रुटी कारखानास्थित सडकमा रोकिरहेको ना.७ ख ५७१२ नम्बरको ट्रकमा प्रदेश नं.३–०२–०१० प.३२१७ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटना हुँदा स्कुटर चालक बाग्लुङ जैनिनी नगरपालिका–६ घर भएका २३ वर्षीय किरण केसीको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ११ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।