२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बौद्धमा वृद्ध महिलालाई एकान्तमा लगेर गहना लुटपाट गर्ने र गहना किन्ने पक्राउ



काठमाडौं, ८ चैत । काठमाडौं महानगरपालिका–६ स्थित बौद्ध स्तुपामा पुजा आजा गर्न आएका एकल वृद्द महिलाहरुलाई एकान्तमा लगेर गहना लुटपाट गर्ने र सो गहना किन्ने व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ।
अन्दाजी ४० वर्षकी अपरिचित महिलाद्वारा ललाइ फकाइ एकान्त स्थानमा लगि सुनका गर गहना लुटपाट गर्ने गरेको भन्ने पीडितहरुको निवेदन तथा सीसीटीभी फुटेजको आधारमा उनीहरु फेला परेका प्रहरीले जनाएको छ।
यही चैत ६ गते बेलुका ५ बजेको समयमा ८४ वर्षीया बसुन लामालाई फकाइ लिएर हिँड्दै गरेको अवस्थामा दोलखा मेलुङ गाउँपालिका–५ घर भइ हाल गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोका बस्ने वर्ष ४१ कि मन्जु मगरलाई प्रहरी वृत्त बौद्दबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको थियो।
सोध पुछका क्रममा मगरले विभिन्न घटनाहरु स्वीकार गर्नुका साथै लुटपाट गरेका गर गहना गोकर्णेश्वर–६ नारायणटारस्थित इके भगवती ज्वेलर्स र कबिता ज्वेलर्समा बिक्री गरेको छु भन्ने साबिती बयान दिएकी थिइन्।
उल्लेखित ज्वलेर्समा सोधपुछ गर्दा ती महिलाबाट खरिद गरेका एक थान तिलहरी, कानको रिङ्ग, बैंकमा बन्दकी राखेको समेत स्वीकार गर्नुका साथै उक्त गहनाहरु गाली पगाली ढिक्का बनाएको अवस्थामा अन्दाजी ७ तोल ५० लाल १ पैन्ट सुन फेला परेको प्रहरीले जनाएको छ

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ५ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।