९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र विकास बोर्डको सदस्यमा रवि र केएल नियुक्त



९ चैत्र । चलचित्र विकास बोर्डको रिक्त ३ सदस्यमध्ये पत्रकार रवि अधिकारी र निर्देशक केएल पीडित नियुक्त भएका छन् । सोमबारको मन्त्रीपरिषद्को निर्णयले उनीहरुलाई नियुक्त गरेको हो । बोर्डमा अझैं एक जना सदस्य नियुक्त गर्न बाँकी छ । सरकारमा माओवादी पुगेलगत्तै माओवादी निकट रंग क्षेत्रका रंगपत्रकार र निर्देशकहरु ीनयुक्त गरिएको हो ।
यसअघि नेपाली काँग्रेस प्रवेश गरेका अभिनेता भुवन केसी बोर्डको अध्यक्षमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त गरेका थिए ।
केएल पीडित पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष समेत हुन् । अधिकारीले स्थानीय निर्वाचनमा भरतपुर महानगरमा उपमेयरमा स्वतन्त्र उम्मेदवारी समेत दिएका थिए ।
यस्तै, रवि अधिकारी डेढ दशकदेखि मनोरञ्जन पत्रकारितामा सक्रिय छन् । उनी चलचित्र पत्रकार संघ, चितवन शाखाका पूर्व अध्यक्ष समेत हुन् ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  ३ : ५९ बजे