९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


गायिका रेखा शाह ‘सिमसिमे पानी’ गीत पुन: ल्याउँदै



९ चैत्र । नेपाली संगीत जगतमा बहुचर्चित ‘सिमसिमे पानीमा, ज्यानले बेमान गर्छौं कि जिन्दगानीमा’ बोलको गीत गायिका रेखा शाहले ल्याउने फेरि भएकी छिन् । गायिका शाहले सो गीत गाएको ३० वर्ष पूरा गरेको अवसरमा ओरिजिनल साजबाजका साथमा मुम्बईस्थित प्रसिद्ध ‘एसराज स्टुडियो’मा पुनः रेकर्ड गरी सार्वजनिक गर्न लागेकी हुन् ।
उनले सो गीत ३० बर्ष अघि २०४९ सालमा रेडियो नेपालले आयोजना गरेको प्रतियोगिता गरेकी थिइन् । २०४९ सालमा शाहले यो गीत रेडियो नेपालले वार्षिकोत्सवको अवसरमा आयोजना गरेको प्रतियोगितामा गएपछि प्रथम भइन् । गायक प्रेमराजा महतको अनुरोधमा उनले दोहोरी गाएपछि कपिराइटको विवाद भयो ।
म्युजिक नेपालले रेडियो नेपालमा प्रथम भएको उपलक्ष्यमा रेखालाई निः शुल्क दिइएको सो गीतको रोयल्टी प्रेमराजाले लिन थालेपछि गायिका रेखाले मुद्दामामिला गरेर आफ्नो बनाएकी थिइन् ।
नेपाली संगीत बजारमा यो गीत अमर छ । धेरै विवाह ब्रतबन्धलगायत शुभ कार्यमा बजाइने बाजा र दोहोरी गीत संगीतमा यो गीत मानक बनेको छ ।

 

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  ४ : २४ बजे