९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेता प्रदीप खड्काले नेवारी परम्परामाथि चलचित्र बनाउने



काठमाडौं, ९ चैत । अभिनेता प्रदीप खड्काले प्रदीप मिडिया प्रालिबाट चलचित्र ‘बार्हा सी’ निर्माण गर्ने भएका छन् । उक्त शीर्षकमा चलचित्र विकास बोर्डमा फिल्म दर्ता गर्दै उनले निर्माण इजाजत लिएका छन् । नेवारी भाषामा राखिएको उक्त शीर्षकको अर्थ हुन्छ, नेवारी समुदायमा गुफा बस्ने चलन ।
एक करोडभन्दा बढी बजेटमा निर्माण हुने बताइएको चलचित्रमा प्रदीप र पूर्णिमा श्रेष्ठलाई कलाकारको रुपमा उल्लेख गरिएको छ । गत फागुन ४ गते प्रदीपले बोर्डमा चलचित्र दर्ता गरेका हुन् । शीर्षकअनुसार यो चलचित्र ‘मेनस्ट्रिम’ र ‘कमर्सियल’भन्दा मौलिक सामाजिक कथावस्तुमा बन्न लागेको बुझिन्छ ।

 

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  १ : २८ बजे