२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरको महाँकाल गाउपालिकाले बनायो लिफ्ट सहितको आफ्नै भवन



ललितखबर
११ चैत्र । दक्षिण ललितपुरको दुर्गम महाँकाल गाँउपालिकाले गोटिखेल बजारमा आफ्नै साधन श्रोत प्रयोग गरेर भवन निर्माण गरेको छ ।
गाँउपालिकाका अध्यक्ष गणेश बहादुर केसीले गतबीहीबारको साइतमा आफ्नो र प्रमुख कार्यकारीको कार्यकक्ष नयाँ भवनमा स्थानान्तर गरेको जानकारी दिएका छन् । उनका अनुसार नयाँ बर्षबाट सबै कार्यालयहरु नयाँ भवनमा सार्ने गरेर काम भइरहेको छ ।

गाँउपालिकाले लिष्ट सहितको भवन निर्माण गरेको हो । यो दक्षिण ललितपुरकै पहिलो लिफ्ट जडान भएको भवन हो । लिफ्ट जडान गर्दा अपाङ्ग मैत्री भवनको संरचना निर्माण हुने देखेर यस्तो डिजाइन गरिएको निवर्तमान अध्यक्ष रामचन्द्र दाहाल बताउछन् ।

पालिकाको आफ्नै भवन हुँदा कार्यसम्पादन द्रुत गतीमा गर्न सकिने अध्यक्ष बहादुर केसीले बताए । भने, ‘हामी क्रमिक रुपमा गाँउपालिकामा विकाशका काम गर्दैछौैं । नतिजा विस्तारै देखिन्छ ।’
सुदुर ललितपुरको गाँउ पाखाले ढाकेको यय गाँउपालिकामा लिष्ट सहितको भवन आफ्नो कार्यकालमा पुरा भएको गाँउपालिकाका निवर्तमान अध्यक्ष रामचन्द्र दाहालले बताए ।

गोटिखल क्षेत्रमा सार्वजनिक जग्गा नभएको कारण गाँउपालिकाले स्थानीयसँग महँगो मूल्यमा जग्गा किनेको थियो ।१ करोड ३० लाख खर्चेर स्थानीय बासिन्दाको जग्गा खरिद गरेको पुर्वअध्यक्ष दाहाल बताउछन् ।
भवनमा ४० कोठा छन् । भवन निर्माण भएपछि गाँउपालिकाको सेवा लिन पालिकाबासी अरु ठाँउमा भौतारिनु नपर्ने गरि डिजाइन गरिएको दाहालको भनाई छ भवनको संरचना आफ्नो कार्यकालमा पुरा गरेको बताए ।

 

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ३ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।