११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंका सुकुम्बासी बस्ती आफै हटाइदिन महानगरको सूचना



११ चैत्र । काठमाडौं महानगरपालिकाले वागमती विष्णुमतीलगायत नदी किनारका सुकुम्बासीका घर टहरा हटाउन सात दिने सूचना प्रकाशित गरेको छ ।

आज शनिबार गोरखापत्रमा प्रकाशित सूचनामा गरेर नदी किनार, नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना एक साताभित्र हटाउन भनेको हो ।
महानगरपालिकाले यसअघि पनि पटक पटक यस्ता सूचना जारी गरी अनधिकृत संरचना हटाउन भनिएको स्मरण गरेको छ ।

एक साताभित्र नदी किनारका अनधिकृत संरचना नहटाए महानगरले ती संरचना भत्काउने र त्यसको खर्च पनि सम्बन्धित व्यक्तिबाट उठाउने सूचनामा उल्लेख छ ।

यसअघि महानगरले बस्ती हटाउन थापाथली किनारमा प्रहरीसहित पुगे पनि झडपपछि फर्केको थियो । महानगरका मेयर बलेन्द्र(वालेन) शाहले संघीय सरकारलाई सुरक्षा सहयोग मागे पनि हालसम्म बस्ती हटाइएको छैन ।

 

 

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ३ : ५६ बजे