२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


ललितपुर मेयर कपः कोशीविरुद्धको खेलमा एपीएफ सात विकेटले विजयी



ललितपुर, ११ चैत । सशस्त्र प्रहरी बलको एपीएफ क्लबले यहाँ जारी ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई पराजित गरेको छ । एपीएफले कोशीलाई सात विकेटले पराजित गरेको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै कोशीले निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाएर ८७ रन बनायो । एपीएफले ८८ रनको विजयी लक्ष्य १८ दशमलव एक ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

एपीएफका लागि ममता चौधरीले अविजित २१, कप्तान सीता राना मगरले १९, इन्दु बर्माले १८ तथा ज्योती पाण्डे र रोमा थापाले ११/११ रन बनाइन् । बलिङतर्फ कोशीका लागि एलिशा खादिया, रुबिना क्षेत्री र निशा साहले एक एक विकेट लिइन् ।

यसअघि ब्याटिङ गर्दै कोशीका लागि काजल श्रेष्ठले २९, कप्तान रुबिना क्षेत्रीले २४ र अप्सरी बेगमले २२ रन बनाइन् । बलिङतर्फ एपीएफका लागि सीता राना मगरले तीन तथा इन्दु बर्माले एक विकेट लिइन् । जितसँगै एपीएफ क्लब अङ्क तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  २ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।