९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


सुचित्राले रुदै छोडिन् निर्देशक समाजको अध्यक्षमा दावी



ललितखबर
१२ चैत्र । राजधानीको एक क्याफेमा शनिबार निर्देशक समाजको अधिवेशनको क्रममा दिनभर चलचित्र निर्देशकहरु भेला भएर बसे । निर्देशक समाजको नयाँ कार्यसमिती चुन्न भेला भएका चलचित्र क्षेत्रका दिग्गजहरु दिनभर रुघेर बसिरहे ।
निर्देशक सुचित्रा श्रेष्ठ र जनक दिप पराजुलीले अध्यक्षको दावी गर्दै उम्मेदवारी दर्ता गरेसँगै निर्देशकहरुको पक्षधरता देखियो । निर्देशकहरुको पक्षधरहरु घाँटीमा उम्मेदवारीको पर्चा भिरेर घुमे ।
निर्देशकहरुको भीडमा दुवै पक्षले प्रचार तिब्र पा¥यो । तर निर्वाचन समितीले सहमतीको समय तोकर बार्ता सुरु गरे ।
सुचित्रा र जनक दिपले आफ्नो दावी गरिरहे । ७ बजेसम्म निर्वाचनको माहोल बनिरह्यो । तर ७ बजे एकाएक सुचित्राले दावी छोडेको सूचना आयो । २ जना सदस्य एक जना उपाध्यक्ष बाहेक सबै पलदमा निर्विरोध निर्वाचित भएको सूचना टाँस भयो ।
निर्देशक सूचित्राका समर्थहरुले हल्लाखल्ला गरे । निर्देशक सम्झना उप्रतीले सुचित्रालाई कर बल गरेर पछि हटाइएको भन्दै विरोधमा उभिइन् ।
सुचित्राले पनि आफूलाई कर बल गरेर पछि हटाइएको भन्दै हलबाहिर आँसु झारिन् ।
सुचित्राले हलमै बसेर आक्रोसपूर्ण भाषण गर्दै नयाँलाई प्रोत्साहन नभएको अभिव्यक्ति दिइन् । ‘माथि सहमत भएको आएको तर यहाँ आएर नाटक भयो । नाटकमाथि अर्को नाटक गरियो’ उनले भनिन् ।
आफ्नो पक्षमा भोट माग्नेहरुलाई जनकदिप पक्षले गाली गरेको भन्दै उनले आपत्ती जनाएकी थिइन् ।
तर जनकदिप पक्षका निर्देशकहरु निर्विरोध निर्वाचित गर्ने पहल गर्नु निर्वाचन समितीको प्रकृया भएको भन्दै स्वभाविक रहेको बताइरहेका थिए । एक निर्देशकले भने, ’हार्ने माहोल देखेर उम्मेदवारी फिर्ता लिइन् । अहिले रोएर नाटक गर्दैछिन् ।’

 

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  १ : ४० बजे