९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र निर्देशक सम्झना र निर्माता राजकुमारबीच झगडा



ललितखबर
१२ चैत्र । राजधानीको एक क्याफेमा शनिबार साँझ चलचित्र निर्देशक सम्झना उप्रेती र निर्माता राजकुमार राईबीच झगडा भएको छ ।

क्याफेको आँगनमै चलचित्र क्षेत्रका दिग्गजहरुकै अगाडि भएको त्यो तल्लो स्तरको झगडाले यहाँको अति राजनीतिकरणको दुर्दशा लज्जास्पद रुपमा सार्वजनिक भएको छ ।

निर्देशक समाजको कार्यसमिती चयनको क्रममा निर्माता राईले अनावश्यक हस्तक्षेप गरेको उप्रेतीले आरोप लगाउदै आपत्ती जनाएपछि झगडा सुरु भएको थियो । निर्देशक समाजको आन्तरिक बन्दसत्रमा राई अनाधिकृत रुपमा बस्न नमिल्ने र उनले तिमी अध्यक्ष तिमी चाही अध्यक्षको उम्मेदवारी फिर्ता लिउ भन्ने हक नराख्ने बताइन् ।

तर निर्माता राईले आफूलाई समाजले पत्र लेखेरै बोलाएपछि आएको र आफू पनि चलचित्र क्षेत्रको मान्छे भएकाले बाहिरको भन्न नमिल्ले तर्क गरे । लगत्तै उप्रेतीले समाजिक सञ्जालमार्फत पत्र काटेको भए बन्दसत्रमा बस्नलाई होइन । उद्घाटनको निम्ता हो भन्दै जवाफ लेखेकी छिन् । उप्रेतीले निर्माता राईले ‘आइमाई धेरै बोलेको सुहाउदैन’ भनेको भन्दै फेसबुकमा विवाद छताछुल्ल पारिदिएकी छिन् ।

विवाद बढ्दै जाँदा निर्माता राईले निर्देशक उप्रतीलाई ‘तिमी’ भनेको बिषयमा समेत बहस भयो । उप्रेतीले भनिन्, ‘मैले राजकुमार जी तपाईलाई तपाई भनेर सम्मान गरेको छु । तपाई मलाई तिमी होइन तपाई भन्नुस् । हामी सहकर्मी हौं ।’
राईले उप्रतीलाई ‘बहिनी’ भन्दै सम्बोधन गरेका थिए । उनले आफूहरु सहकर्मी नभएको दावी गरिरहेका थिए । उनको तर्क थियो, ‘म निर्माता । उनी निर्देशक कसरी सहकर्मी ।’

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  २ : ११ बजे